coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फेसनमा दलजितका पहिरन

काठमाडौं – ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन सोमा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकारले रन–वे नापेका थिए।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको फेसन सोको उद्देश्य नेपाली कपडाको प्रवर्द्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्याउन हो । फेसन सो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताइन् ।१६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत नेपालकै टप तथा ब्यवसायिक मोडलले विभिन्न डिजाइनका पहिरन प्रवर्द्धन गरेका थिए।

 दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन् । शुक्रबार साँझ उनै दलजितको एकल क्रियशन प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक देखिन्थे । थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको नेपालका लागि यो पहिलो एकल सो थियो ।

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App