७ वैशाख २०८१ शुक्रबार
राजनीति

६ सचिवको सरूवाः गृहमा रेग्मी, अर्थमा सुवेदी

काठमाडौं– सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको जिम्मेवारी हेरफेर गरेको हो। बैठकले गृह सचिवमा लोकदर्शन रेग्मीलाई ल्याउने निर्णय गरेको छ। रेग्मी अर्थ सचिव थिए।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव शान्तराज सुवेदीलाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको छ। अख्तियारमा उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई सरुवा गरिएको छ। गृह मन्त्रालयका सचिव नारायप्रसाद मलेगोलाई सरुवा गरेर उपराष्ट्रपति कार्यालयमा पठाइएको छ।

यसैगरी, बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका केदारबहादुर अधिकारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा र स्थानीयका सचिव महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रकाशित: १६ भाद्र २०७३ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App