४ वैशाख २०८१ मंगलबार
अन्य

नेपाल भाषाको लिपि सिक्दै विद्यार्थी

नेपाल भाषाको लिपि सिक्दै गरेका विद्यार्थी सामूहिक फोटो खिँचाउँदै । तस्बिर : नागरिक

भक्तपुर, च्याम्हासिंहका कृष्णराम प्रजापति अंग्रेजी पढ्न र लेख्न सक्छन् । तर, उनलाई मातृभाषा (नेपाल भाषा)को लिपि लेख्न र पढ्न आउँदैन । उनी ख्वप कलेज, भक्तपुरमा स्नातकोतर गरिरहेका छन् ।

हिमालयन ग्लोरी इङ्लिस स्कुल, भक्तपुरमा कक्षा २ मा अध्ययनरत लुमिला लागे पनि आफ्नै नेपाल भाषा लेख्न र पढ्न सक्दिनन् ।उनीहरू मात्र होइन, नेवार समुदायका थुप्रै व्यक्ति नेपाल भाषाको लिपि लेख्न जान्दैनन् । लिपि लेख्न नजान्नेहरूका लागि सहृदयता समाज नेपालले एक महिना नेपाल भाषा लिपि प्रशिक्षण आयोजना गरेको छ । कमलविनायकमा आयोजना भइरहेको प्रशिक्षणमा कक्षा २ मा पढ्ने बालबालिकादेखि स्नातकोत्तर पढ्ने युवासम्म सहभागी छन् ।

नेपाल भाषा र लिपिबारे सिक्न प्रशिक्षण लिन आएको प्रशिक्षार्थीहरू बताउँछन् । कतिपयले भने इतिहासबारे अध्ययन तथा अनुसन्धान गर्न लिपि सिक्न आएको बताएका छन् । ‘अहिले धेरैले नेपाल भाषा बोल्न पनि धेरैले जान्दैनन्, त्यसैले भाषा जोगाउन प्रशिक्षणमा सहभागी भएको हुँ,’ प्रशिक्षार्थी उकेश दुवालले भने ।आयोजकका अनुसार प्रशिक्षणमा १२ जना सहभागी छन् । तीमध्ये आठ पुरुष र चार महिला बस्छन् । उनीहरू आठ वर्षदेखि २७ वर्षसम्मका छन् ।ख्वप्रिंग इङलिस एकेडेमी, लिवाली, भक्तपुरमा कक्षा ३ मा अध्ययनरत आठ वर्षीया रितिना प्रजापतिले आफ्नै मातृभाषा बोल्न हम्मेहम्मे भएकाले प्रशिक्षणमा सहभागी भउको बताइन्।

प्रशिक्षक विश्वराम लागेका अनुसार नेवारहरूको बाहुल्यता रहेको काठमाडौं उपत्यकामा केहीलाई नेवारी भाषा बोल्न आए पनि लिपि लेख्न आउने निकै कम छन् । नेपाल भाषामा रञ्जना र प्रचलित गरी दुई लिपि छन् ।समाजका अध्यक्ष बलराम प्रजापति रैथाने भाषाको अध्ययन तथा अनसुन्धान कम भएकाले निःशुल्क प्रशिक्षण दिएको बताउँछन् । ‘नेपाल भाषा पढ्ने विद्यार्थी नै नपाउने अवस्था आएकोले प्रशिक्षण आयोजना गरिएको हो,’ उनले भने ।
 

प्रकाशित: १४ जेष्ठ २०७५ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App