coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

खुला विश्वविद्यालय शैक्षिक कार्यक्रम सुरु

काठमाडौं – नेपाल खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात भएको छ। २०७३ असार ३० गते खुला विश्वविद्यालयको ऐन व्यवस्थापिका संसद्बाट पास भई प्रमाणीकरणपश्चात लागू भएको थियो।

विश्वविद्यालयमा २०७४ जेठ ३० बाट पदाधिकारी नियुक्त भएका थिए। विश्वविद्यालयका कुलपति माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रमको आइतबार शुभारम्भ गरे। कार्यक्रममा बोल्दै पोखरेलले अघिल्लो पटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा यस विश्वविद्यालयको ऐन बनाउने र पास गराउने महत्वपूर्ण अवसरप्राप्त भएको बताए। पोखरेलले नेपाल खुला विश्वविद्यालयप्रति जनसमुदायको रुचि देखिएको भन्दै आगामी दिनमा यस विश्वविद्यालय उच्च शिक्षाको आकर्षणको केन्द्र बन्ने बताए। उनले बाध्यता र विवशताले उच्च शिक्षा हासिल गर्न नसकेर विदेशिएका मुलुक गएका युवायुवती र पढ्दापढ्दै वैवाहिक बन्धनमा बाँधिएर पढ्न नसकेका महिलाहरुको उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्न खुला विश्वविद्यालय सफल हुने विश्वास लिए।

विश्वविद्यालय एमफिल, मास्टर्स र पिजी डिप्लोमामा २०७४ फागुन ३० गते भर्ना आवेदन मागेको थियो। जसका लागि ५ सय ८३ जनाले आवेदन दिएकोमा ४ सय ६ जना प्रवेश परीक्षामा उत्तिर्ण भएका र अध्ययन प्रारम्भ गरेको विश्वविद्यालयले जनाएको छ। सेना, प्रहरी, कर्मचारीलगायत उच्च शिक्षाको औपचारिक संरचनामा नसमेटिएका सम्पूर्ण जनसमुदायलाई समेट्ने परिकल्पनासहित खुला विश्वविद्यालयको ऐन बनाइएको थियो।

प्रकाशित: १४ जेष्ठ २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App