८ वैशाख २०८१ शनिबार
अर्थ

मर्मतपछि सुनकोसीको उत्पादन पुनः सुरु

भोटेकोसी बाढीले नहरको मुख थुनिएको सुनकोसी जलविद्युत केन्द्र। फाइल तस्बिरः ध्रुव दंगाल

सिन्धुपाल्चोक– भोटेकोसी बाढीले क्षति पुर्याउँदा अवरुद्ध सुनकोसी जलविद्युत केन्द्रले मर्मतपछि पुन विद्युत उत्पादन थालेको छ। केहीदिन अघिबाट साढे २ मेगावाट क्षमतामा उत्पादनमा आएको केन्द्रले क्षमता बढाउँदै तीन दिनदेखि ६.२ मेगावाट पुर्याएको छ।

असार २१ गते उत्तरी तातोपानी नाका क्षतविक्षत पु¥याउने गरी आएको भोटेकोसी बाढीले तल्लो तटीय क्षेत्रमा समेत व्यापक नोक्सानी गर्ने क्रममा झण्डै ३० किमी तलको केन्द्रमा क्षति पु¥याउँदा उत्पादन रोकिएको थियो। बाढीले थुनेको बाँध क्षेत्रका अवरोध हटाउँदै नहरमा जमेको लेदो पन्छाएपछि उत्पादन थालिएको केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले बताए।

समयमै सूचना पाएकाले केन्द्र ठूलो क्षति बेहोर्नबाट जोगिएको थियो। केन्द्रका अनुसार बाढीको सूचनापछि उत्पादन गृहमा पानी लैजाने नहरको ढोका बन्द गरेर बाँधका ढोका खोलिएको थियो। त्यती गर्दागर्दै पनि ढुंगा र ग्रेगरले नहर र बाँधका ढोका थुनियो। ‘मर्मतकै चरणमा रहेकाले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनौं,’ प्रमुख दाहालले भने।

सरकारी स्वामित्वको यो आयोजनाको क्षमता १०.०५ मेगावाट हो । लगातारको प्राकृतिक प्रकोपले यो केन्द्रले ठूलो भौतिक क्षति मात्र व्यहोरेन यस बीचमा अधिकांश समय उत्पादन बन्द जस्तै रह्यो । गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पले संरचनामा क्षति पु¥याउँदा झण्डै एक वर्ष केन्द्र बन्द भयो । मर्मतपछि चार महिनाअघि मात्र यो केन्द्र सञ्चालनमा आएकोमो भोटेकोसी बाढीले फेरि प्रहार ग¥यो ।  

२०७१ साउन १७ को जुरे पहिरोले केन्द्र तीन महिना अवरुद्ध भयो । जुरे पहिरोले बाँध र नहर हुँदै उत्पादनगृहमा क्षतिग्रस्त बनाएको थियो । त्यति बेला बाँधमा थुप्रिएको ढुंगा र ग्रेगर पन्छाउन सक्नै लाग्दा बाढी आएको थियो । जुरे पहिरोदेखि नै केन्द्र अस्थायी रुपमा सञ्चालित छ ।

उत्पादन प्रमुख दाहालका अनुसार केन्द्रका तीनमध्ये दुई युनिट मात्र अहिले सञ्चालनमा छन् । जुरे पहिरो र भूकम्पले ठूलो क्षति पु¥याएको अर्को युनिट बृहत मर्मत गरिँदै छ । ‘पूर्ण क्षमतामा विद्युत उत्पादन हुने सिजन भए पनि सबै पानी नहरमा छिराउन सम्भव छैन,’ उनले भने । मर्मतपछि मात्र क्षमता अनुसार उत्पादन सम्भव हुने उनले जनाए ।

 

 

प्रकाशित: १६ भाद्र २०७३ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App