४ वैशाख २०८१ मंगलबार
समाज

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

रौतहट– साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने सुन चाँदी व्यवसायी सन्नी कुमारलाई सीमावर्ती भारतीय बजार बैरगनियाको भारतीय सुरक्षाकर्मीले साढे नौ किलोभन्दा बढी चाँदीसहित आइतबार पक्राउ गरेको हो। भारतीय बजारबाट चाँदी लिएर गौरतर्फ आउँदै गरेका व्यवसायी सन्नीलाई सीमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

गौर नपा ३ मा सन्नी ज्वेलर्सका संचालक सन्नी कुमारले विआर ३० केयु ३३८२ मारुती स्वफट जिपमा ९ किलो ६ सय ग्राम चाँदीका गहना भारतीय बजारबाट लिएर गौरतर्फ ल्याउने क्रममा सिमावर्ती क्षेत्र बैरगनिया बोर्डरमा खटिएका एसएसबीले चेकजाँच गर्दा उक्त चाँदी बरामद गरेको हो।

चाँदीसहित पक्राउ परेका सन्नी कुमारलाई एसएसबीको २० बटालियनको वागमती क्याम्पमा आइतबार सार्वजनिक गर्दै असिस्टेन्ट कमाडेण्ट श्रीकुमारले बरामद गरिएको चादीको मूल्य नेपाली ११ लाख र मारुती जिपको मूल्य साढे सात लाख गरी साढे १८ लाखको उक्त सामानसहित व्यापारी सन्नीलाई आवश्यक कारवाहीका लागि वैरगनिया कष्टमलाई जिम्मा लगाएको बताए।

सुनचाँदी व्यवसायी सन्नीकुमारको गौरमा दुई वटा पसल थापेर सुन नेपालबाट भारततर्फ र चाँदी भारतबाट नेपालतर्फ तस्करी गर्दै आएको बुझिएको छ। गत बर्ष काठमाडौंबाट १ किलो सुन लिएर अर्जुन सिंह (भरिया) आइरहदा तत्कालिन मकवानपुरका एसपी मिरा चौधरीको कमाण्डमा खटिएका गस्ती टोलीले अमलेशगंजबाट नियन्त्रणमा लिएको सुन पनि सन्नीकै रहेको थियो।

सुन चाँदीका व्यवसायी सन्नी कुमार र निजका वुवा विजयकुमार स्वर्णकार सिमावारी पारीको कारोवारमा धेरै दिनदेखि सक्रिय रहदै आएको गौरका एक सुनचाँदी व्यसायीले बताए । व्यवसायी सन्नीको घर सिमापारी भारतको सितामढी वैरगनिया स्थित माइस्थानमा रहेको छ तर निजले नेपाली नागरिकता बनाउन सफल भई गौर ३ स्थित कारागार नजिक घर बनाएर बसोबास गर्दै आएका छन्। एसएसबीले पक्राउ गर्दा उनले आफनो ठेगाना बैरगनिया माईस्थान जनाएपछि उनले दोहोरो नागरिकता प्रयोग गरेर दुवै देशमा आफनो कालो कारोवार संचालन गर्दै आएको स्रोतको दाबी छ।

प्रकाशित: १३ जेष्ठ २०७५ १६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App