७ वैशाख २०८१ शुक्रबार
खेल

आइपीएल उपाधिका लागि चेन्नईले पायो १७९ रनको विजय लक्ष्य

मुम्बई– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनल खेलमा सनराइजर्स हैदरावादले १७८ रन बनाएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस जितेर बलिङ रोजेको चेन्नई सुपर किंग्सले उपाधिका लागि १७९ रनको विजय लक्ष्य पायाे।

टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको हो। हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाए। ३६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। 

युसुफ पठानले नटआउट ४५ रन जोडे। २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। 

शिखर धवन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लाेस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाए।

बलिङतर्फ कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिए।

 

प्रकाशित: १३ जेष्ठ २०७५ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App