७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

काठमाडौं– नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।

केही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो। मन्त्रालयले असोज १ बाट घटाउन निर्देशन दिएको भए पनि निगमले बिहीबार राति १२ बजेदेखि नै लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेको हो।

निगमले ग्यास सिलिन्डरमा १ सय ११ रुपैयाँ ७५ पैसा नाफा राखेर बेच्दै आएको थियो। अब निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ ५० पैसा नाफा रहने छ।

 

प्रकाशित: १६ भाद्र २०७३ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App