coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीयता सफल नभए संविधान धरापमा : गगन थापा

संखुवासभा– लोकतान्त्रिक गणतन्त्र नेपालमा संघीयता सफल नभए संविधान धरापमा पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले बताएका छन्। 

आइतबार सदरमुकाम खाँदबारीमा तरुण युवाहरुको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रदेश सरकारको राम्ररी व्यवस्थापन भएमात्रै संविधानको सहि कार्यान्वयन हुने तर्क गरे। संविधान जारी भएपनि त्यसको कार्यान्वयन गर्न अझै बाँकी रहेको उनको भनाई थियो। 

वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार व्यवस्थापन गर्न नसकेको र संघीय सरकारले बजेटको व्यवस्थापन गर्न नसकेको समाचार दिन प्रतिदिन आउने गरेको प्रति टिप्पणी गर्दै थापाले संघीयता संस्थागत हुन नसकेको खण्डमा संविधान नै धरापमा पर्ने टिप्पणी गरे। 

‘२०६२÷०६३ को जनआन्दोलन पछि मुलुकमा थुप्रै कम्प्यूनिष्ट नेताहरु धेरै पटक प्रधानमन्त्री भएपनि संविधान ल्याउन सकेनन्’, थापाले भने ‘अन्नतः सुशील कोइरालाको नेतृत्वमा संविधान आयो, त्यसैले नेपाली कांग्रेस बिना मुलुकको समृद्धि सम्भव छैन।’ यसरी महत्वपूर्ण घडीमा जोरबलले ल्याएको संविधान कार्यान्वयनमा एकताबद्ध भएर लागे मात्रै संविधान कार्यान्वयन हुने थापाकोे धारणा थियो। उनले वर्तमान सरकार संघीयताको लागि गम्भिर नभएको समेत आरोप लगाए।  

अबको पाँच वर्ष ढुक्कले मुलुकको नेतृत्व गरेर समृद्धशाली मुलुक बनाउन समेत वर्तमान सरकारलाई थापाले आग्रह गरे। नेपाली कांग्रेस प्रतिपक्षमा बसेर अबको ५ वर्ष मुलुकको समृद्धिको लागि सघाउने उनले प्रतिबद्धता जनाए। 

सोही कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन सय सुरक्षा गार्ड भारतबाट ल्याएर नेपालको सुरक्षा प्रणालीलाई नै चुनौती दिएको टिप्पणी गरे। वर्तमान सरकार दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य बृद्धी हँुदा समेत मुकदर्शक बनेर बसेको आरोप लगाए।

थापा र पौडेल नेपाल तरुण दलको दुई दिने प्रशिक्षण कार्यक्रममा संखुवासभा आएका हुन्। 

प्रकाशित: १३ जेष्ठ २०७५ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App