coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्याका फरार प्रतिवादी पक्राउ

लहान– सिरहा कर्जन्हा नगरपालिका ७ का सुपेन्द्र यादव (४५)को हत्यामा संलग्न दुईजना प्रतिवादीलाई आइतबार सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका रामसेवक यादव (५५) र अन्जनी कुमार कुशवाहालाई जिल्ला अदलत सिरहाबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी सार्वजनिक गरेको छ। 

०७५ वैशाख २१ गते कजन्हा नगरपालिका ७ मरेवा ठोलका सुपेन्द्रलाई धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्याको अनुसन्धानमा जुटेको सिरहा प्रहरीले घटनामा प्रयोग भएको हतियार र आरोपीत रामसेवक र अन्जनीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको एपी जीवन श्रेष्ठले बताए। यादवको हत्यामा प्रयोग भएको तरबार र रगतले लतपत गम्छा समेत बरामद गरिएको श्रेष्ठले बताए।

प्रकाशित: १३ जेष्ठ २०७५ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App