४ वैशाख २०८१ मंगलबार
राजनीति

मुख्यमन्त्री गुरुङ भन्छन् : प्रदेश सरकारलाई डमरु बनाईयो

पोखरा- प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारलाई डमरु जस्तो बनाईएको बताएका छन्। ‘सरकारलाई डमरुजस्तो बनाईएको छ, एकापट्टि फर्के स्थानीय तह, अर्कोपट्टि फर्किँदा संघीय सरकार ठोकिन्छ, यो संघीयतालाई असफल पार्ने प्रयत्न हो ।’ उनले भने, ‘यसको विरुद्ध हामी डटेर लागिपर्नेछौँ।’

संघीय सरकार र स्थानीय तहमा मात्र अधिकार केन्द्रित हुँदा प्रदेश सरकार अन्योलमा परेको उनले बताए। गुरुङले भने, ‘केन्द्रमा नीति निर्माण भएपछि मात्र आफुहरुले पनि विभिन्न नियम, विधेयकहरु निर्माण गर्न सक्ने भएकोले पनि प्रदेश सरकारले ढुक्कसँग काम गर्न सकिरहेको छैन् ।’ यद्यपि केन्द्र सरकारको भर नपरी प्रदेशलाई आवश्यक पर्ने कानुनहरु निर्माण गरिएको र निर्माणको चरणमा रहेको उनले जानकारी दिए।

प्रदेश सरकारको एक सय दिने उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री गुरुङले नीतिगत संरचनाहरु तयार भईसकेको जनाए । ‘देखिने भन्दा नदेखिने कामहरु भएका छन्, हामीले सबै कानुनी संरचनाहरु तयार गरेका छौँ’ उनले भने, ‘कार्यविधी तयार भएपछि सरकारले देखिने गरि काम गर्छ।’

कानुन निर्माणसँगै सरकारले पनि गतिलिने उनको भनाइ छ । केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकिरहेको भन्दै मुख्यमन्त्री गुरुङले सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

प्रकाशित: १३ जेष्ठ २०७५ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App