७ वैशाख २०८१ शुक्रबार
राजनीति

गणतन्त्र दिवसमा सार्वजनिक बिदा

बुटवल– प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विगतका बर्षमा मनाउँदै आइएको गणतन्त्र दिवसको विदा संघीय सरकारले यसपालीदेखि कटौती गरेको छ। 

प्रदेश ५ को सरकारले दिवसका दिन यही जेठ १५ गते मंगलबार प्रदेशका १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। जेठ १४, १५ र १६ गते साँझ सरकारी कार्यालय, संघसंस्था तथा निवासमा दिपावली गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको मन्त्रालयका सचिव प्रेम भट्टराइले जानकारी दिए। 

प्रदेश सरकारको अधिकारभित्रै रहेर सार्वजनिक बिदा दिनेनिर्णय मुख्यमन्त्रीको अध्यक्षतामा गठित दिवस मुल समितिले गरेको सचिव भट्टराइले बताए।

दिवसका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा २ सय ५१ सदस्यीय मुल समिति गठन गरिएको छ। दिवसका अवसरमा १४ गते मर्चवारमा सामाजिक मन्त्रालयको आयोजनामा स्वास्थ्य शिविर, १५ गते बुटवलको बसर्पाकबाट गणतन्त्र पार्कसम्म प्रभातफेरि गरी सभा गर्ने र सो सभालाई मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम राखिएको सचिव भट्टराइले बताए।

दिवसकै अवसरमा १६ गते प्रहरी तालिम केन्द्रमा मुख्यमन्त्री ११ र प्रमुख सचिव ११ का बीचमा मैत्रीपूर्ण भलिबल र लुम्बिनी परिसरमा वृक्षारोपण, पाल्पाको दोभान चुनुर्पाकमा बृक्षारोपण लगायतका कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने तयारी भएको सचिव भट्टराइले जानकारी दिए। 

प्रकाशित: १३ जेष्ठ २०७५ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App