८ वैशाख २०८१ शनिबार
समाज

तस्करीको सुन एसएसपी खत्रीको च्याम्वरमा पुग्थ्यो !

काठमाडौं- ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले तस्करीमा एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता भएको बयान दिएका छन्।

फ्लाई दुवईबाट सुन नेपाल आउँदा एसएसपी श्याम खत्रीको च्याम्वरमा पुगेर बाहिर निस्कने गरेको उनले बयानमा खुलाएका छन्। विमानस्थलमा खत्रीले सेटिङ मिलाउने गरेको उनले बताएका छन्। जहाजमा आउने सुन बोकेका भरिया प्रहरीले दिने पास मार्फत खत्रीको कोठमा पुगेर सुन छोड्न् र उनले त्यो सुन तस्कर समूह सम्म पुर्याउने गरेको बयानमा खुलेको छ।

थाई एयरको भर्याङमा दुलो पारेर दैनिक २.८ किलोको सुन ल्याउने गरेको समेत उनले बयानमा खुलाएका छन्। फ्लाई दुवईबाट दैनिक ५० देखि ८० किलो सम्म सुन ल्याएको उनले बताएका छन्।

प्रकाशित: १३ जेष्ठ २०७५ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App