coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

ललितपुर- काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ। वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो।

हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो। त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो। विभागका उप–महानिर्देशक सफला श्रेष्ठ भन्छन्, “हामीले जडान गरिएको उपकरणले देखाएको नतिजा सार्वजनिक गरेका हौं।” 

उनका अनुसार यो नतिजाका आधारमा अब समाधान खोज्न लाग्नुपर्छ। 

फरक/फरक संस्थाले वायु प्रदूषणमा कुन/कुन क्षेत्रको योगदान के कति रह्यो भन्ने विषयमा फरक फरक आँकडा प्रस्तुत गर्दैआएका छन्। एकीकृत तथ्याँकका लागि इसिमोड संस्थासँगको सहकार्यमा विभागले उपकरण जडान गरेको हो। 

विभागले काठमाडौँं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा वायुको अवस्थाबारे जानकारी दिने उपकरण(वायु गुणस्तरमापन स्टेशन) बनाएको छ। यसले काठमाडाैं उपत्यका भन्दा लुम्बिनी क्षेत्रमा बढी वायु प्रदूषित भएको देखाएको छ। उपत्यका बाहिरका पोखरा, धुलिखेल, सौराहा भन्दा काठमाडाैंको वायु बढी प्रदूषित छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App