विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

आइतबार, १३ जेठ २०७५, १६ : १४ नागरिक

चितवन – कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन्। 

नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई कृषि स्नातक पढाउने गर्छ तर ती विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कृषि पढ्नका लागि आवेदन दिनेहरुको संख्या ११ हजार हाराहारी हुने गरेको छ। 

प्रवेश परीक्षा उत्तीर्ण भएर पनि उनीहरुले कृषि शिक्षा पढ्न पाउँदैनन्। त्रिभुवन विश्वविद्यालयले ४०० कृषि तथा वन विज्ञान विश्वविद्यालयले ३६५ र पूर्वाञ्चल विश्वविद्यालयले २४० विद्यार्थीलाई वार्षिक रुपमा कृषि विषय पढाउँदै आएका छन्। 

हाल तीनवटै विश्वविद्यालयमा गरी १४८ जनाले स्नातक भेटेनरी र १६ जनाले मत्स्यविज्ञान (फिसरिज) पढ्दै आएका छन्। यी दुई संकायमा पनि पढ्न चाहनेको संख्या निकै बढी भए पनि न्यून संख्याले मात्रै पढ्ने अवसर पाउने गरेका हुन्। 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार यस विश्वविद्यालयको रामपुरमा १६५, कास्कीको पुरनचौरमा ५०, धनकुटाको पाख्रिबासमा ५०, सिन्धुलीको दुधौलीमा ५० र कैलालीको टीकापुरमा ५० गरी ३६५ विद्यार्थीलाई कृषिमा स्नातकको शिक्षा दिइँदै आएको छ भने भेटेनरीमा ५० र मत्स्य विज्ञानमा १६ जनालाई रामपुरमा पढाइँदै आएको छ। 

उनका अनुसार कृषि स्नातकमा चार हजार र भेटनरीमा दुई हजार २०० जनाको आवेदन गत शैक्षिकसत्रमा परेको थियो। कृषि शिक्षा पढ्न चाहने विद्यार्थीको संख्या अत्यधिक भएकाले थप १० आंगिक क्याम्पस र थप १० निजी क्याम्पसलाई सम्बन्धन दिने तयारीमा आफूहरू लागेको उनले बताए। अहिले पढिरहेका विद्यार्थी संख्या चारदेखि पाँच गुणा थप्नु पर्ने उपकुलपति ढकालको भनाइ थियो। 

त्रिभुवन विश्वविद्यालयको कृषि संकायका डिन केशव अधिकारीका अनुसार सो विश्वविद्यालयले कृषि स्नातकमा लम्जुङको सुन्दरबजारमा १००, कपिलवस्तुको पक्लिहवामा ५०, चितवनको खैरहनीमा ५०, झापामा ५०, दाङमा १०० र बैतडीमा ५० जना गरी ४०० विद्यार्थीलाई पढाउँदै आएको छ। पक्लिहवामा ५० जनाका लागि भेटनेरी स्नातकको पढाइ हुँदै आएको छ। 

उक्त विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले कृषि शिक्षामा सरकारले लगानी गर्न नसक्दा विद्यार्थीले चाहेर पनि पढ्न नपाएको बताए। उनले कृषि प्रधान देशमा सरकारी लगानी कृषि शिक्षामा हुन सके कृषिको व्यवसायीकरण गरी उत्पादन बढाउन सकिन्छ भने। 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेले ६५ प्रतिशत किसान भएको नेपालमा कृषिले अर्थतन्त्रमा एक तिहाइ हिस्सा ओगटेको भन्दै अब कृषि शिक्षामा लगानी बढाउनु पर्नेमा जोड दिए। 

हाल विश्वमा रहेका सात अर्ब जनसंख्या सन् २०५० सम्ममा पुग्दा १० अर्ब पुग्ने भन्दै उनले जमिन नबढ्ने जनसंख्या बढ्ने हुँदा उत्पादनलाई आधुनिकीकरणतर्फ नलगे मानिसलाई खाद्यान्न पु¥याउन नसक्ने भएकाले कृषि शिक्षाको महत्व अझै बढ्दै जाने बताए। नारायण अधिकारी / रासस







यसमा तपाईको मत

अन्य समाचार

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

Ncell Footer Ad