coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रमुख प्रतिपक्षीको मान्यता नपाएपछि नेकपा क्रोधित, समर्थन फिर्ता

जनकपुरधाम – नेपाल कम्युनिष्ट पार्टीले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन नसकेपछि मधेशी गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनपछि विपक्षमा मतदान गर्ने एकमात्र दल नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दिएपछि नेकपा क्रोधित हुँदै समर्थन फिर्ता लिएको हो। 

आइतबार दोस्रो सत्रको पहिलो बैठक सुरु हुनासाथ नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले उठेर प्रमुख प्रतिपक्षी दलको मान्यता नपाए बैठक चल्न नदिने अडान लिँदै बैठक अवरुद्ध गरे। निकै आक्रोसित मुद्रामा प्रस्तुत भएका मण्डललाई साम्य पार्न नसकेपछि सभामुख सरोजकुमार यादवले एक घण्टाका लागि बैठक स्थगन गरेको घोषणा गरे। 

एमाले र माओवादी केन्द्र मिलेपछि प्रदेशसभामा एमाले पहिलो दल बनेको छ। दोस्रो दल संघीय समाजवादी फोरम र तेस्रो राजपा मिलेर सरकार सञ्चालन गरिरहेको छ। फोरम र राजपा मिलेपछि समान्य बहुमतभन्दा एक मत बढी हुन्छ। उक्त गठबन्धनलाई एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन गरेको छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App