८ वैशाख २०८१ शनिबार
समाज

सडक मापदण्डविपरित बनाइएका संरचना भत्काउन शुरु

लहान – सिरहा नगरपालिकाले सडक मापदण्डविपरित अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ। 

सिरहा नगरपालिकाले वडा नं ७ हेमनारायण चोकदेखि सारस्वर जोड्ने सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ अव्यवस्थित रुपमा निर्माण गरिएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको हो। सार्वजनिक सूचना जारी सडक अतिक्रमण गरी बनाइएका घरटहरा र पर्खाल हटाउन आग्रह गरिए पनि घरधनीले बेवास्ता गरेकाले डोजर लगाएर ती संरचना भत्काउन शुरु गरिएको सिरहा नगरपालिका वडा नं ७ का वडाध्यक्ष उपेन्द्र साहले जानकारी दिए। 

पहिलो चरणमा हेमनारायण चोकदेखि सारस्वर जाने सडकसम्मका सडकलाई १६ फिट चौडाइ गरी दुवैतर्फ साढे तीन फिटको नाला निर्माण गर्ने योजना रहेको वडाध्यक्ष साहले बताए। सडक विस्तार थालनी गरेसँगै मापदण्डविपरित निर्माण गरिएका संरचना धमाधम भत्काउने क्रम शुरु भएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App