८ वैशाख २०८१ शनिबार
अर्थ

हुम्लामा पनि विद्युतीय भुक्तानी सेवा शुरु

हुम्ला- सरकारले चालु आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिने निर्णय गरेसँगै हुम्लामा पनि उक्त सेवा शुरु गरिएको छ। गएको सोमबारबाट कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले विद्युतीय भुक्तानी सेवा सुरु गरेको हो । कार्यालयले पहिलो पटक जिल्ला प्रशासन कार्यालय हुम्लाको शान्ति समितिका कर्मचारी देवकी ऐडीलाई विद्युतीय भुक्तानीको सेवाबाट तलबभत्ता  दिएको छ। विद्युतीय भुक्तानी सेवामा केन्द्रीय सरकारी कार्यालयले भुक्तानी गर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित पार्टी, फर्म तथा संघसंस्थाको बैंक खातामा सिधै राखिदिने कोष लेखा नियन्त्रण कार्यालय हुम्लाका कोष नियन्त्रक राजन रेग्मिले बताए।

संघीय कार्यालय अन्तर्गत पार्टी, फर्म तथा संघसंस्थालाई भुक्तानी हुने रकम अब चेकमार्फत नभई विद्युतीय भुक्तानी सेवामार्फत सिधै बैंक खातामा जम्मा हुने र कार्यालयले भुक्तानी आदेशको अनलाइन तथा लिखित कागजपत्र कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गरेपछि सोही कागतजातका आधारमा कार्यालयले लिखित तथा अनलाइन कागजपत्र प्रमाणित गरेपछि मात्र कार्यालयले सम्बन्धित पक्षको रकम सोझै बैंकमा जम्मा गर्दा अबबिगतमा जस्तै बैंक गएर लाइनमा बस्नु पर्ने झन्झट हट्ने कोष लेखा नियन्त्रण कार्यालयका लेखापाल रामकृष्ण बुढाले बताए। विद्युतीय सेवा भुक्तानीका लागि फर्मको नाम, बैंक खाता र स्थायी लेखा नं. अनिवार्य हुनुपर्ने कोष नियन्त्रक राजन रेग्मिले बताए । आगामी आर्थिक वर्ष ०७५/०७६ बाट संघीय कार्यालयमा अनिवार्य रुपमा विद्युतीय सेवा भुक्तानी लागू हुने कोष लेखा नियन्त्र कार्यालय हुम्लाले जनाएको छ।

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App