coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदमा प्रधानमन्त्रीलाई प्रश्न : कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ ?

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ भन्दै संसदमा प्रश्न गरेका छन्। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफमा जिज्ञासा राख्दै सिंहले हामी पानी जहाजमा पनि चड्न चाहेको र त्यो भन्दा पहिले कालोपत्रे सडकमा गाडी गुडाउन चाहेको बताए।

राजपा सांसद महेन्द्र रायले संविधान संशोधन हुन्छ कि हुँदैन भन्दै जवाफ मागे। उनले तराईमा आउन सक्ने बाढीको लागि तयारी गर्नुपर्नेमा सचेत गराए।

कांग्रेस सांसद मिनेन्द्र रिजाले प्रधानमन्त्रीको कुराले लठ्ठ पर्दै दिउँसै सपना देखेको भन्दै व्यंग गरे। प्रश्न उठाउन पाउनुपर्ने उनको भनाई थियो।

प्रकाशित: १३ जेष्ठ २०७५ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App