८ वैशाख २०८१ शनिबार
कला

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

काठमाडौं – परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरन प्रस्तुत गरेको  ‘फेसन ट्रेड सिजन टु’ मा सेलिब्रिटीदेखि पत्रकारसम्मले -याम्प नापेका छन्।  फेसियल हाउसले ‘फेसन सवैका लागि’ अवधारणामा गरेको फेसन सोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो।

फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर सुष्मा महराले ‘फेसियल हाउस फेसन ट्रेड सिजन टु’ले फेसनको दुनियाँमा नयाँ मान्यता स्थापित गरेको बताइन्। ‘यसपल्ट हामीले समय सान्दर्भिक फेसनलेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेसन टेड्रमार्फत प्रस्तुत गरेका हों’ महराले भनिन्।

फेसनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरूले फेसन सोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाहले बताए । उनले भने ‘फेसन हिरो/हिरोइन र मोडलले गर्ने कुरा हो भन्ने मान्यता छ। तर सवै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरू आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ। यो फेसन सोबाट त्यही सन्देश प्रवाह गर्न खोजेका हौं।’

चर्चित सेलिब्रिटी तथा राजनीतिज्ञ करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत -याम्पमा उत्रिएका थिए।

यसैगरी पत्रकारहरू केपी ढुंगाना, सुव्रत आचार्य, लक्ष्मण सुवेदी डिबी खड्का, अनिल यादव, शारदा थापा, दीपज्योति थापा, दिपेन्द्र घिमिरे लगायतका २० जना पत्रकार पनि -याम्पमा उत्रिएका थिए।  कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउतलगायतका गायक गायिकाले गीत सुनाएका थिए।

सोको कोरियोग्राफी लक्की खड्की, दिक्पाल कार्की र स्मित तामाङले गरेका थिए भने  ड्रेस डिजाइनको काम प्रेम देव र एनी र मेकअप चन्द्र लामा र नीलम र हेयर डिजाइनमा बिगेन तामाङ रहका थिए। फेसियल हाउसले ‘फेसन ट्रेड सिजन वान’ पोखरामा गत साल आयोजना गरेको थियो।

प्रकाशित: १३ जेष्ठ २०७५ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App