coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कलाकार खोज्दै सलोन र आमेश

काठमाडाैं –  अभिनेता सलोन बस्नेत र आमेश भण्डारी लगायतको टिमले ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै कलाकार छान्ने भएका छन्। उनीहरूले देशका विभिन्न भागमा अडिसन गर्दै प्रतियोगी छान्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई म्युजिक भिडियो तथा फिल्ममा अवसर दिने बताएका छन्।

काठमाडौं उपत्यकाबाट सुरु हुने प्रतियोगिता देशभरका आठ सहरमा हुनेछ । प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाडौंसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौंडा र विराटनगरमा ‘मिस्टर एन्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेका तथा फस्र्ट रनरअप र सेकेन्ड रनरअप गरी हरेक सहरबाट छ जनाले ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन्।

आठ वटै सहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोस्रो चरणमा ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली चलचित्रमा अभिनयको मौका पाउनेछन्। यसको साथमा नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्।

यसअघि ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेन्टले यो कार्यक्रमको आयोजना गर्न लागेको हो। ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’को टिममा सलोन र आमेशको साथमा युविका श्रेष्ठ र रविन कँडेल रहेका छन्। नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवा÷युवतीहरूले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने नायक बस्नेतले बताए।

काठमाडौं उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक सहरमा प्रतियोगिता हुनेछ। आठवटै सहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात् दोश्रो चरणको प्रतियोगिता काठमाडौमा नै आयोजना हुने बताइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App