७ वैशाख २०८१ शुक्रबार
अर्थ

सन्राइज बैंकलाई ‘ए’रेटिङ

काठमाडौं – सन्राइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपालले ‘ए’ इस्युवर रेटिङ प्रदान गरेको छ।

केयर रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई एक कार्यक्रमबीच ‘ए’ रेटिङको पत्र हस्तान्तरण गरेको बैंकले जनाएको छ।

बैंकले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हिताधिकारीको सुरक्षाको निम्ति जोखिमहरु न्यूनीकरण गर्दै लगेको रेटिङले पुष्टि गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘ए’ रेटिङ भएका वित्तीय संस्थाको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘इस्युवर रेटिङ’ रहेका वित्तीय संस्थामा न्यून जोखिम रहेको मानिन्छ।

बैंकले हालै बचत खाताका ग्राहकको लागि ‘स्वास्थ्य बिमा सुविधा’ प्रारम्भ गरेको छ। उक्त बिमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत बराबर बैंकले प्रदान गर्नेछ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App