८ वैशाख २०८१ शनिबार
अर्थ

मदिरा बिक्री गर्न १५ दिनभित्रै इजाजत लिनुपर्ने

रसुवाको स्याफ्रुमा बजार अनुमगमन गरिँदै। तस्बिर : नागरिक

रसुवा – इजाजत बिना मदिरा बिक्री वितरण गर्दै आएका व्यवसायीले १५ दिनभित्रै इजाजत लिनुपर्ने भएको छ। अनुमति नलिई मदिरा बिक्री वितरण गर्दै आएका जिल्लास्थित स्याफ्रुका होटल, खुद्रा तथा होलसेल व्यवसायीलाई मदिरा बित्रजाजत लिन समयसीमा तोकिएको हो।

बजार अनुगमनका क्रममा अधिकांश व्यवसायीले इजाजत नलिई मदिरा बिक्री वितरण गरेको पाइएपछि समयसीमा तोकिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले जानकारी दिए। मदिरा बिक्री वितरण गर्नका लागि जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट इजाजत लिनुपर्ने हुन्छ।

जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, रसुवा उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, घरेलु तथा साना उद्योग विकास समितिले शनिबार संयुक्त अनुगमन गरेको हो। स्याफ्रुमा सञ्चालित होटल तथा खुद्रा पसलमा मूल्यसूची नराखिएको, होटल तथा पसल दर्ता बिनै सञ्चालन गरेको, लेभल नभएको सामग्री राखेको भेटिएकाले अर्कोपटक अनुगमन गर्दा नसच्चिए पसल सिल गरिने अनुगमन टोलीले चेतावनी दिएको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App