coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एम्बुलेन्स दुर्घटना चार घाइते

बैतडी – बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन्। दार्चुलाबाट धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका–३, धरमघर नजिकै दुर्घटनाग्रस्त भएको हो।

एम्बुलेन्स सडकबाट करिब एककिलोमिटर तल झाडीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणी गिरीले बताए। एम्बुलेन्स दुर्घटना हुँदा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६, बसेडीका ५५ वर्षीया विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाको रुपमा रहेका सोही ठाउँका ४० वर्षीया देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीया गणेशदत्त भट्ट घाइते भएका छन्।

यस्तै एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीया गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ। घाइते सबैको प्रहरीले उद्दार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको र उनीहरुको अवस्था समान्य रहेको बताइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App