४ वैशाख २०८१ मंगलबार
समाज

अब कलंकीमा जाम झेल्नु पर्दैन (भिडियो)

काठमाडौं- कलंकीको जाम नझेल्ने तपाई हामी मध्ये कमै होउँला। उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक कलंकी पनि हो। उपत्यका भित्रिने र बाहिरिने सवारीको चापमा कलंकीमा प्राय जाम हुन्छ।

कलंकी चोकमा निर्माणाधिन अन्डरपास बनिसकेपछि भने यो समस्या समाधान हुने आशा गरिएको छ। अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले चीन सरकारसँग समन्वय गरेर डेढ वर्षअघि पहिलोपटक अन्डरपास सडक योजना अघि सारेको हो। चक्रपथ सुधार योजनाअन्तर्गत चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले डेढ वर्षअघि कलंकीको मुख्य चोकमा अन्डरपास निर्माण थालेको थियो।

बल्खु–स्वयम्भू चल्ने सवारीसाधन अन्डरपास भएर गुड्नेछन्। त्यस्तै, त्रिपुरेश्वरबाट नागढुंगातर्फ जाने, नागढुंगाबाट बल्खु र कालीमाटीतर्फ चल्ने सवारीले साबिकको माथिल्लो सडककै प्रयोग गर्नुपर्नेछ। प्रतिघन्टा ५० किलोमिटर गुड्ने सवारीसाधन चलाउन मिल्ने गरी अन्डरपासको डिजाइन तयार पारिएको छ। पैदलयात्रु भने अन्डरपासबाट हिँडडुल गर्न पाउनेछैनन् । उनीहरूलाई सडक पार गर्न जेब्राक्रस राखिनेछ। चीन सरकारको ५१.२ करोड युआन (करिब ५ अर्ब रुपैयाँ) मा अन्डरपास निर्माण गर्न लागिएको हो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App