coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्षमताभन्दा बढी यात्रु बोक्दै डडेल्धुराका जिप

क्षमता भन्दा बढी यात्रु बोक्दै जिप । तस्बिर : पुष्कर भण्डारी

डडेल्धुरा – डडेल्धुरामा संचालनमा रहेका सार्वजनिक यातायातका जिपहरुले सिट पास भन्दा भन्दा बढी यात्रु बोक्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले पाँच जना यात्रु मात्रै बोक्ने अनुमति दिएको भए पनि डडेल्धुरामा संचालनमा विभिन्न कम्पनीका जिपहरुले क्षमता भन्दा चार गुना बढी यात्रु बोक्ने गरेका छन्।

जिल्लाको ग्रामिण सडक र डडेल्धुराबाट डोटीको दिपायल, पोखरा बजार, अनारखोली, भातकाँडा लगायतका स्थानमा संचालनमा रहेका अधिकाश जिपहरु पाँच सिट क्षमताको पास गरिएको भए पनि क्षमता भन्दा चार गुना बढी यात्रुसँगै मालसामान बोक्ने गरेका छन्।

उग्रतारा सार्वजनिक यातायातमा दर्ता भई वर्षाैदेखि सिट पास भन्दा बढी यात्रु बोकेर जिप गाडी ग्रामीण सडकमा संचालन हुँदा दुर्घटनाको जोखिम बढेको छ। वर्षाैदेखि क्षमता बढी यात्रुसँगै मालसामान ओसार पसार हुँदै आए पनि नियमन निकाय प्रशासन, ट्राफिक प्रहरी मुकदर्शक बनेका छन्। यातायात व्यवस्था कार्यालयले दिएको अनुमति भन्दा बढी यात्रु बोकेको बारेमा अनुगमन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुरालाई पत्राचार गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताए।

यातायात व्यवस्था कार्यालयले दिएको अनुमति भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको छ। सिट क्षमता भन्दा बढी यात्रु बोके नबोकेको बारेमा अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले अनुगमन नगर्दा क्षमता भन्दा बढी यात्रु बोक्ने जिपहरुलाई सहज भएको आम सर्वसाधारणको भनाई छ। डडेल्धुरामा करिब दुई सय भन्दा बढी पाँच सिट क्षमता पास भएका सार्वजनिक जिप संचालनमा रहेका छन्। 
 

प्रकाशित: १२ जेष्ठ २०७५ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App