बर्दिवास लागुपदार्थ दुव्र्ययसनीको अखाडा

शनिबार, १२ जेठ २०७५, १२ : २२ नागरिक

बर्दिवास – महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्ययसनीको अखाडा बनेको छ। लागुपदार्थ प्रयोग गर्ने दुव्र्ययसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो।

सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँग सम्बन्धित पाइने गरेको प्रहरीको भनाइ छ। यस्ता प्रकृतिका घटना बर्दिवास नगर क्षेत्रमा गत आर्थिक वर्षमा ५३ वटा भएकामा यसपाली भने यो संख्या १०० को हाराहारी पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए।

‘घटना अभिलेखले सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागुपदार्थ दुव्र्यसन तथा ओसारपसार भन्दा छुट्टै जस्ता देखिन्छन्’ शनिबार बिहान बर्दिवास नगरपत्रकार सञ्जालमा आवद्ध सञ्चारकर्मीसँगको कुराकानीमा प्रनाउ (डिएसपी) पोखरेलले भने, ‘तर, यी घटनाको सम्बन्ध केलाउँदै जाँदा धेरैजसो घटनाको कारण लागुपदार्थको दुव्र्यसन नै रहेको पाइएको छ।’

पछिल्ला अनुसन्धानबाट लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा १५÷१६ वर्षका किशोरदेखि ४० वर्ष उमेर समूहसम्मका युवायुवती सरिक पाइएका प्रहरीले जनाएको छ। विद्यालयमा कक्षा नौ÷दश मा पढ्दै गरेका किशोर छात्रछात्रा पनि दुव्र्यसनीको कूलतमा फसेको पाइएको प्रनाउ पोखरेलले जानकारी दिए।

जिल्लामा लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँग सम्बन्धित घटनामध्ये ८० प्रतिशतभन्दा बढी बर्दिवास नगर क्षेत्रकै हुनेगरेका पाइएको छ।

पछिल्लो एक दशकयता जिल्लामा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा दत्र्ता भएका मुद्दामध्ये ८० प्रतिशतभन्दा बढी बर्दिवासकै वारदात रहेका प्रनाउ पोखरेलले बताए।

यसैबीच इलाका प्रहरी कार्यालय बर्दिवासले नगर वडा बस्तीका टोल सुधार समिति र अभिभावकसँग समन्वय गरेर विद्यालय क्षेत्र वरपर सुर्ती, चुरोट, गुट्खा र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी कडाइका साथ अनुगमन थालेको जनाएको छ। रासस







यसमा तपाईको मत


अन्य समाचार

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...