ल्हासा कारागारमा दुई नेपाली

शनिबार, १२ जेठ २०७५, १० : ०६ नागरिक

25


रसुवा – सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन्।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन्।

अभियुक्तले करीब एक महीनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए। पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको सिलवालले बताए।

यस्तै नेपालमा अवैध रुपमा सुन भित्रिएको विगतका घटनाक्रमलाई ध्यानमा राखी यस्ता गैरकानूनी क्रियाकलाप बन्द गरिदिन नेपाली पक्षले समय समयमा हुने गरेको सीमा बैठकमा राखेका प्रस्ताव चिनियाँ पक्षले कार्यान्वयन गर्न थालेबाट अबका दिनमा यस्ता गैरकानूनी काम अन्त्य गर्न मद्दत मिलेको नेपाल प्रहरीले जनाएको छ। रासस







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...