स्वास्थ्य संस्थामा औषधि अभाव

शनिबार, १२ जेठ २०७५, ०९ : ४९ नागरिक

नुवाकोट – ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ।

जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश गैरेले बताए। इञ्चार्ज गैरैका अनुसार स्वास्थ्यचौकीमा नियमित हुनु पर्ने ११ थरीका औषधि छैन।

स्वास्थ्यचौकीमा आँखामा राख्ने औषधि सिप्रो, पेट दुखेको बेला खाने ट्याबलेट वुसकोवान, उल्टी रोक्ने मेटोक्लोरोप्रामाइड, एभिल सुई, डाइजिन ट्याबलेट, भिटामिन बी कम्प्लेक्स, कालामाइन लोसनलगायत औषधि नभएको इञ्चार्ज गैरैले जानकारी दिए।

सामान्य औषधिसमेत स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीमा मारमा परेका छन्। स्वास्थ्य संस्थामा सेवा उपलब्ध नहुँदा यहाँका तीन घण्टाको दूरीमा अवस्थित ककनी प्राथमिक स्वास्थ्यचौकी वा थानसिङको छहरेमा रहेको निजी स्वास्थ्य क्लिनिकमा मानिस धाउन बाध्य भइरहेको स्थानीयबासीले बताएका छन्।

ककनी गाउँपालिका – ८ का वडाअध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष शेषमान लामाले स्वास्थ्यचौकीलाई सधैँ आवश्यक पर्ने र जिल्लाबाट नआउने औषधिको सूची बनाएर किन्नका लागि वडा कार्यालयले पनि पहल गर्ने बताए। उनले सरकारले तोकेका स्वास्थ्यचौकीमा निशुल्क वितरणको औषधि ३८ थरीको सूचीभन्दा बाहेक स्थानीयबासीको माग धेरै भएका औषधि खरिद गरी निशुल्क वितरण गर्ने तयारी भएको जानकारी दिए। रासस







यसमा तपाईको मत


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...