८ वैशाख २०८१ शनिबार
खेल

सनराइजर्स हैदरावाद आइपीएलको फाइनलमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ। गएराति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा पुगेको हो।

अफगानिस्तानी स्टार रसिद खानको उत्कृष्ट प्रदर्शनपछि हैदराबादलाई फाइनलमा पुग्न सहज भएको थियो। रसिदले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

रसिदले ब्याटिङतर्फ १० बलमा ४ छक्का २ चौकासहित ३४ रन बनाए। यस्तै चार ओभर बलिङ गरेका उनले १९ रन दिँदै तीन विकेट लिए भने फिल्डिङतर्फ पनि दुई क्याच लिँदै उत्कृष्ट प्रदर्शन गरे।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो। हैदराबादका लागि ऋद्धिमान शाहाले ३५, शिखर धवनले ३४ तथा शकिव अल हसनले २८ रन जोडेका थिए।

बलिङतर्फ कुलदीप यादवले २ विकेट लिए भने शिभम् माभी, सुनिल नराइन र पियुस चावलाले १–१ विकेट लिए।

१७५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्याे। कोलकाताका लागि क्रिश लिनले सर्वाधिक ४८ रकाे याेगदान गरे भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नितिस रानाले २२ रन जोडेका थिए।

बलिङतर्फ रसिद खानले तीन विकेट लिँदा सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले २–२ विकेट लिए भने शकिव अल हसनले  एक विकेट हात पारे।

प्रकाशित: १२ जेष्ठ २०७५ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App