६ वैशाख २०८१ बिहीबार
समाज

‘कोरियाली संस्कृति सप्ताह’ शनिबारदेखि

ललितपुर – नेपालस्थित कोरियाली दूतावासले कोरियाको संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले शनिबारदेखि ‘कोरियाली संस्कृति सप्ताह’ आयोजना गर्ने भएको छ । 

कार्यक्रमको अवधिभर वेशभूषा प्रदर्शनी, कोरियाली खानालगायत विभिन्न सामग्रीको प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, उत्कृष्ट चलचित्र प्रदर्शन लगायतका कार्यक्रम रहेको दूतावासले जनाएको छ। 

नेपालका लागि कोरियाली राजदूत पार्क योङ–सिकले सांस्कृतिक कार्यक्रमले कोरिया र नेपालको सम्बन्ध अझै मजबुत बनाउन सघाउने विश्वास व्यक्त गरे। धेरै नेपालीले कोरिया जानका लागि भाषा परीक्षा दिने उद्देश्यले भाषा पढेका छन्। उनी भन्छन्, “८० हजार जनाले परीक्षा दिन लाग्नुले पनि कोरियन भाषा धेरै नेपालीले जान्ने देखाएको छ।” 

कार्यक्रममा पहिले छनौट भएका १० जनाका बीचमा वक्तृत्वकला प्रतियोगितासमेत भएको छ। भोलिबाट पुल्चोकस्थित लबिङ मलमा उत्कृष्ट कोरियाली फिल्महरु प्रदर्शन गरिदैछ। 

कार्यक्रममा कूटनीतिज्ञ, सरकारी अधिकारी, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति थियो। 

प्रकाशित: ११ जेष्ठ २०७५ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App