coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पैसा उठाउने नापीका कर्मचारीलाई स्थानीयले प्रहरीमा बुझाए

सर्लाही–सर्लाहीको धनगढा गाविसमा गाउ ब्लकको जग्गा नापी गर्न खटेका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ।
नापी गोश्वारा कार्यालय सर्लाहीका चार जना कर्मचारीलाई घुस मागेको आरोपमा स्थानीयले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

स्थानीयले ल्याएका चार जना कर्मचारीलाई अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरीले जनाएको छ। कर्मचारीले स्थानीयसँग २ सयदेखि ५ हजारसम्म पैसा उठाएको स्थानीय बिजय साहले बताए।

गत वर्ष नापी गरिएको गाविसको जग्गाको लालपुर्जा बनाउनका लागि पुनः नापीका लागि धनगढा पुगेका कर्मचारी स्थानीयहरुसँग अवैध पैसा उठाउन थालेपछि नियन्त्रणमा लिएको स्थानीय साहले बताए। नापी गोश्वाराका कर्मचारी नागेन्द्र साहको नेतृत्व कर्मचारीहरु धनगढामा खटेको जनाइएको छ ।

पैसा संकलन गर्दै गरेका कर्मचारीलाई स्थानीयले रामजानकी मन्दिरमा २ घण्टासम्म थुनेर राखेपछि प्रहरी चौकी लौकठ हिरापुरबाट आएको प्रहरीलाई बुझाएका थिए।
थप अनुसन्धानका लागि चारै जना कर्मचारीलाई इलाका प्रहरी कार्यालय बरहथवामा बुधबार साँझ ल्याएर आज जिल्ला प्रशासन कार्यलयमा सर्लाहीमा बुझाइएको छ।

अबैध रुपमा रकम संकलन गरेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका कर्मचारीको बारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताए।

 

प्रकाशित: १६ भाद्र २०७३ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App