८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किमसँगको वार्तामा किन पछि हटे ट्रम्प ?

वासिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए।

उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको समाचारमा जनाइएको छ।

आागमी जुन १२ तारिखमा सिंगापुरमा गर्ने तय भएको भनिएको सो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरिया भने दुःखी भएको बताएको छ। जुन महिनामा उक्त वार्ता समयमै हुने भनी उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा राख्दै आएका थिए। तर पनि दक्षिण कोरियामा जारी रहेको कोरिया अमेरिका सैन्य अभ्यासका कारण भने उनी क्रुद्ध भएका थिए।

बिहीबार नै अमेरिकाले एकतर्फी रुपमा उक्त वार्ता स्थगनको सूचना सार्वजनिक गरेका थिए। उनले उत्तर कोरियाली नेता किमलाई सम्बोधन गरिएको एउटा पत्रमा यो स्थगनबाट विश्वमा नै दीर्घकालीन रुपमा स्थापना हुने भनिएको शान्तिको ठूलो मौका गुमेको बताइएको छ।

उक्त वार्ताको आयोजना सिंगापुरले गर्ने भनेको थियो । जुन १२ मा सिंगापुरमा हुने भनिएको सो वार्ताको विश्वव्यापी रुपमा नै ठूलो चासो रहेको थियो।

उता उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षणगर्ने स्थलहरु नै नष्ट गरेको जनाएको छ । उसले ती अस्त्रहरु निर्माण र परीक्षण गर्ने गरिएका सुरुङहरू नष्ट गरेको केही घण्टामै यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ता स्थगित भएको घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्प र नेता किमको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको बताइएको थियो।

हालका लागि प्रस्तावित उक्त मितिमै उक्त वार्ता स्थगित गरिएको भएपनि पछि पनि आफू उत्तर कोरियासँग वार्ता गर्न आगामी दिनमा पनि इच्छुक रहेको ट्रम्पले बताएका छन्।

उनले सो पत्रमा लेखेका छन् “तपाईँसँग सिंगापुरमा भेटवार्ता गर्न म निकै नै उत्सुक थिएँ तर दुःखको कुरा यहाँको पछिल्लो वक्तव्यका कारण हामीले धेरै पहिलादेखि योजना गरिएको भेट अहिलेका लागि हुन सकेन।
त्यस पत्रमा राष्ट्रपति ट्रम्पले पनि आफूहरुसँग पनि पारमाणविक अस्त्र ठूलो शक्ति र मात्रामा रहेको पनि खुलासा गरेका छन्।

उनले भनेका छन् ‘कोरिया आफ्नो पारमाणविक क्षमताको कुरा गर्छ तर हामी पनि यसमा यति शक्तिशाली छौँ कि तर म के भन्छु भने इश्वरसँग मेरो प्रार्थना छ, ती शक्तिहरुको प्रयोग यस पृथ्वीमा कहिल्यै पनि गर्नु नपरोस।’

पत्रको अन्त्यमा ट्रम्पले किमलाई आफूलाई फोन गर्न पनि गरेका छन्। यदि यस पत्रले नराम्रो नलागेमा मलाई फोन गर्नुहोला, उनले भनेका छन्।

यस वार्ताको स्थगनले वास्तवमा भन्ने हो भने “विश्वले र अझ उत्तर कोरियाले दीर्घकालीन शान्ति र समृद्धिको एउटा ठूलो मौका गुमाएको अनुभव पनि राष्ट्रपति ट्रम्पले व्यक्त गरेका छन्।

उता हालैमात्र अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ।

उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाएको समाचार बिहीबार मात्र आएको थियो। अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनको भनाई छ।

उता उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको भएपनि यसको मूल्यांकन नभएको जनाएको छ।

उत्तर कोरियाले यसअघि पनि दक्षिण कोरियासँग गरेको बृहत शान्ति सम्झौता बमोजिम नै आणविक अस्त्र उत्पादन तथा परीक्षणस्थल नष्ट गरेको तर यसको मूल्यांकन अमेरिकाले नगरेको बताएको छ।  उत्तर कोरियाले पछिल्लो समयमा गरेको प्रयासहरु र सदासयतालाई अमेरिकाले भने हाम्रो कमजोरीका रुपमा लिएको छ– उत्तर कोरियाले बताएको छ ।

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्को मिति तोक्ने तयारीमा लागेको बताएको छ।
यी दुई देशबीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो। एएफपी/ रासस

 

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App