६ वैशाख २०८१ बिहीबार
समाज

हतियारसहित पाँच लुटेरा पक्राउ

जुम्ला-गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो ।

जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनको १६ दिनपछि लुटेराहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार गोठीचौर, पातारासी, छुमचौर र डिल्लीचौरमा पनि अपरेसन तीव्र बनाइएको छ ।

पक्राउ परेका पाँचजनामाथि अनुसन्धान थालिएको उनले बताए। यसअघि जिल्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र रु छ लाख नगद लुट्नेलाई डाँकाको मुद्दा चलाइरहेका बेला पुन पाँचजना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो । प्रहरीले लुटेरालाई खोजतलास कार्य तीव्र बनाएपछि स्थानीयवासी खुसी भएका छन् । रासस

प्रकाशित: १६ भाद्र २०७३ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App