७ वैशाख २०८१ शुक्रबार
समाज

संगीतकर्मी संघको महाधिवेशन शनिबार

काठमाडौँ - राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ ।दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ।

यहाँ बिहीबार आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत तथा संगीतको विकास र प्रवर्द्धनमा संघ क्रियाशील रहेको बताउँदै देशभरका संगीतकर्मीलाई एकताबद्ध गरी उनीहरुको अधिकारलाई संरक्षण गर्ने प्रतिबद्धता गरे।

उनले रोयल्टीको व्यवस्थित अभिलेख राखी उचित वितरण गर्ने कार्य हुन नसकेकामा चिन्ता व्यक्त गरे । संस्थाका उपाध्यक्षद्वय राजेन्द्रकुमार कार्की र उमा श्रेष्ठले कलाकार देशका महत्वपूर्ण अंग भएको बताउँदै उनीहरुलाई समस्या परेको बेलामा राज्यका तर्फबाट हेर्नुपर्ने र उनीहरुका रचना र क्षमताको आधारमा रोयल्टी उपलब्ध गराउन माग गरे।

विसं २०६२ मा स्थापित उक्त संघमा नेपाली लोकगीत, आधुनिक गीत, चलचित्रका गीतमा संगीत भर्ने कलाकार आबद्ध छन् । संघले हालसम्म छवटा प्रदेशमा प्रदेशस्तरीय कमिटी गठन गरेको छ।रासस

प्रकाशित: ११ जेष्ठ २०७५ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App