१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

शेष घले दम्पती अष्ट्रेलियाको ८१ औं धनाढ्यको सूचीमा

काठमाडौं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने  ‘फाइनान्सियल रिभ्यु म्यागेजिन’ले बिहीबार सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१ औं स्थानमा पर्न सफल भएको हो। म्यागेजिनकाका अनुसार उनीहरूको सम्पति ८७ करोड ६० लाख डलर रहेको छ।

गत वर्ष घले दम्पतीको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो। उनीहरूको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ।

विश्वभरि छरिएका नेपालीहरुको छाता संस्था गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष समेत रहेका शेष घलेको मुख्य लगानी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), रियल स्टेट एवं होटल क्षेत्रमा छ।

लम्जुङमा जन्मिएका शेष र जमुना उच्च शिक्षाका लागि सन् १९९१ अष्ट्रेलिया पुगेका थिए। ३८ वर्ष अघि विवाह बन्धनमा बाँधिएको यो जोडी अष्ट्रेलियामा धनाढ्यको सूचिमा परेसँगै सन् २००७ मा नेपालमा लगानी लिएर फर्किएको थियो। उनीहरुको लगानीमा काठमाडौंको ठमेलमा शेराटन होलट निर्माण अन्तिम चरणमा पुगेको छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App