७ वैशाख २०८१ शुक्रबार
कला

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

काठमाडौं – अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र ट्रेलर सार्वजनिक गरेको हो।

फिल्मका लेखक तथा निर्देशक अनुष्क रौनियारले फिल्मले समाजमा भइरहने अपराधको कथालाई प्रस्तुत गर्ने बताए। ‘क्राइमको विषयमा फिल्म निर्माण गरिए पनि कहीँ कतै प्रेमको चक्करलाई पनि दर्शकले अनुभूत गर्न पाउनुहुनेछ,’ उनले भने।

फिल्मकी नायिका सिर्जना सुब्बाले आफूले अहिलेसम्म गरेका फिल्ममा भन्दा ‘चक्कर’ फरक रहेको दाबी गरिन्। ‘अहिलेसम्म जति फिल्ममा दर्शकले मेरो चरित्र देख्नुभएको छ। यो फिल्मको चरित्र चाहिँ बिल्कुल फरक स्वादको छ,’ सिर्जनाले भनिन्।

फिल्मकी अर्की नायिका ऋचा शर्माले  फिल्मको चरित्रको बारेमा नबोल्ने बताए पनि ट्रेलरमा उनलाई प्रहरीको भूमिकामा देखाइएको छ। ‘ट्रेलर र फिल्मले नै मेरो चरित्रलाई प्रष्ट पार्नेछ,’ ऋचाको भनाइ थियो।

कलाकार अर्पण थापाले नेपाली फिल्म क्षेत्रमा ‘चक्कर’ बनिरहेका फिल्मभन्दा भिन्न रहेको दाबी गरे। ‘नेपालमा  बनिरहेका फिल्मसँग चक्कर मिल्दैन। यसको विषयबस्तु, सुटिङमा प्रयोग गरिएका बस्तुहरु भिन्न छन्,’ उनले भने। फिल्ममा अर्पण पनि प्रहरीको भूमिकामा छन्। फिल्मका छायांकार तथा निर्माता रविन आचार्यले फिल्म कम बजेटमा बनेको भए पनि महोत्सव केन्द्रित फिल्म नबनाएको बताए। ‘फिल्मको बजेटअनुसार फिल्म फेस्टिभलमा जाने हो भन्ने प्रश्न पनि उठ्न सक्छ। तर हाम्रो फिल्म व्यवसायिक फिल्म हो। फेस्टिभलमा जाँदैन,’ उनले भने।

नेसनल मिडिया प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा  अर्पण थापा, एभोनराज उप्रेती, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा र स्मृति पोखरेलको अभिनय छ। फिल्ममा संगम पन्त र पुष्पका पलाञ्चोकेको संगीत, अनुष्क रौनियारको सम्पादन, रविन आचार्यको निर्माण तथा छायांकन छ। फिल्म साउन ४ मा रिलिज हुँदैछ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App