७ वैशाख २०८१ शुक्रबार
अर्थ

संझौता पुरा नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

बुटवल - सार्वजनिक नहरमा ढल मिल्काउदै आएको पाँच तारे होटल टाइगर प्यालेसले आफुहरुसंगको सम्झौता पुरा नगरेको भन्दै स्थानीयले तत्काल सम्झौता पुरा नगरे आन्दोलमा उत्रने चेतावनी दिएका छन । तिलोत्तमा १५ को बनकट्टी र वडा न १३ को बबनी गाँउका स्थानीयले होटलमा डेलिगेशन गइ होटल स्थापनाका क्रममा गरीएका सम्झौता र सामाजिक उत्तरदायित्व बहन गर्न माग गरेका हुन।

सार्वजनिक नहरमा ढल मिसाएर होटलले गाँउलेको स्वास्थ्य माथि गम्भिर खेलवाड गरेको भन्दै  स्थानीयले तत्काल फोहोर फाल्न बन्द नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए । नागरिक सचेतना महिला समुह बनकट्टीकी अध्यक्ष सुकमाया बिकले नहरमा फोहोर फाल्न नरोके होटलका पाइप उखेलेर फालिदिने चेतावनी दिइन । ‘धेरैपटक भन्यौ अब बोन्दैनौ फोहोर फालेको थाहा पायौ भने पाइपै उखेलिदिन्छौ’ विकले भनीन । होटलले फोहोर्याएको नहर सफा गरीदिनु पर्ने गाँउलेको माग छ।  

त्यस्तै होटलले स्थापना गरीदिने भनिएको पुस्तकालय, ढल, बाटो लगायतका संरचना तत्काल निर्माणको माग स्थानीयले गरेका छन । ५ अर्व बढीको विदेशी लगानीमा संचालित पाँच तारे होटल टाइगर प्यालेस रिर्सोटले स्थापनाका क्रममा होटलको प्रवेसद्धार तर्फ रहेको बनकट्टीमा २४ फुटको पक्की बाटो र आकर्षक गेट निमार्ण गरीदिने सम्झौता गरेको थियो ।सोही गाँउ हुँदै बग्ने अमुवा नहर पक्की बनाउने, उत्तर तर्फको बबनी गाँउमा आधुनिक लाइब्रेरी निमार्ण तथा स्थानीयलाइ रोजगारीको सम्झौता गरेको थियो ।

तर होटल संचालनमा आएपछिस्थानीयसंगको सम्झौतालाइ बेवास्था गरेको बबनीका मनोज क्षेत्रीले बताए । ‘लाइब्रेरीको निमार्ण अधुरो छोडीएको छ । बाटो,गेट, नहर बनाइएको छैन । बरु होटलको ढल सिधै कुलोमा मिसाएर र्साबजनिक अपराध गरेको छ’ क्षेत्रीले भने । संझौता अनुरुपका काम पुरा गर्न पटक पटक आग्रह गरीएपनि होटल संचालकले त्यसको बेवास्ता गरेको उनले बताए।

टाइगर प्यालेसले कुलोको करिब १५ कठ्ठा प्रतिजग्गा समेत मिचेको छ । त्यसबापत सार्वजनिक सम्पतीको रुपमा गाँउलाइ सो बराबरको जग्गा उपलब्ध गराउने भनिएपनि अहिले सम्म गाँउलेले जग्गा पाएका छैनन ।स्थानीयले प’जा गर्दै आएको मन्दिरलाइ समेत होटल कम्पाउण्ड भित्रै पारीएको छ । सो मन्दिरमा जाने बाटो खोलीदिन स्थानीयले माग गरेका छन।

त्यस्तै गाउँको प्रत्यक घरबाट दुइ जनालाइ रोजगारी दिने सम्झौता गरीएको थियो । तर स्थानीयले काम पाएका छैनन । कामदारहरु अन्यत्रबाटै ल्याइएको र काम पाएका स्थानीयालाइ पनि तलब सुविधामा बिभिेद गरीएको स्थानीय सुनील यादवले बताए । अहिले होटलमा ६ सय कर्मचारी छन।

बबनी र बनकट्टीका स्थानीयले बिहिबार रिर्सोटका जिएमहरु संग भेट गरी आफना मागहरुपुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिए । स्थानीयले उठाएका माग र समस्याका सम्बन्धमा होटलका क्यासीनो म्यानेजर केभिन र अर्का म्यानेजर विल कक्सले जवाफ दिदै स्थानीयका मागहरुलाइहोटल संचालक समक्ष पुर्याउने प्रतिबद्धता जनाए । आफुहरुपनि होटलको कारिन्दा भएकाले ठोस निर्णय लिन नसक्ने तर संचालकहरुलाइ जानकारी दिएर छलफलको वातावरण बनाउने होटल म्यानेजरहरुको भनाइ थियो । ढल व्यवस्थापनकालागि आन्तरिक काम भइरहेको र नहरमा फोहोर फाल्न बन्द गरीने आश्वासन ती म्यानेजरले गाँउलेलाइ दिए।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ बनकट्टीमा अवस्थित पाँच तारे टाइगर प्यालेस रिर्सोटहङकङ बेसको अष्ट्रेलियन स्टक एक्सचेन्जमा स’चिकृत कम्पनीसिल्भर हेरीटेज ग्रुपद्धारा संचालित होटल हो । अर्बौको लगानीमा संचालित रिर्सोटले सामााजिक उत्तरदायित्व बहन सहितको सामाजिक सहयोग तथा संरचना निर्माण गरीदिनु पर्नेमा न्युनतम सामाजिक उत्तरदायित्व समेत बहन गरेको छैन । उसले दुइ वटा ठुला पाइप मार्फत भान्सा, स्वीमिङ्ग प’ल, लण्ड्री तथा ढल मिसिएको फोहोर गाँउको बिचबाट बग्ने अम’वा नहरमा फालेर जनस्वास्थ्य माथिनै गम्भिर लापरबाही गरीरहेको छ।
 

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App