coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय र आन्तरिक उडानकालागि १२ जहाज किन्ने पर्यटन मन्त्रीको दाबी

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्तर्राष्ट्रिय  उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन्।

अन्तर्राष्ट्रिय  उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले मुलुकको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकता रहेको भन्दै आफ्नै  कार्यकालमा अन्तर्राष्ट्रिय उडानको लागि ५/६ वटा बोइङ अथवा एयरवस र आन्तरिक उडानको लागि १०/१२ वटा विमान ल्याउने योजना बनाएको बताए।

मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याएमात्रै पर्यटन क्षेत्रको विकास हुने बताए। उनले विगतमा जहाज ल्याउने तयारी गर्दा सँधैभरि मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चनका काम भएको भन्दै आफ्नो कार्यकालमा त्यस्तो हुन नदिने बताए।

‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल अब ८ महिनामात्रै बाँकी छ, यो बीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने हामी जहाज किन्ने योजनामा सफल हुन्छौं,’ उनले भने,‘पैसा तत्काल तिर्नुपर्दैन, सरकार जमानी बस्छ र जहाज खरिद गरेर ल्याउँछौं ।’

उनले हाल वर्षमा ५०/६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै आफ्नै अन्तर्राष्ट्रिय उडानको लागि जहाज भए उक्त रकम स्देशी पुँजीको रुपमा रहने विश्वास व्यक्त गरे ।

मन्त्री शाहीले स्वदेशी उडानलाई सेवामुलक र विदेशी उडानलाई डलर आम्दानी गर्ने व्यवसायिक माध्यमको रुपमा विकास गरेमात्र पर्यटनको विकासबाट मुलुक समृद्ध हुने बताए।

फरक प्रसंगमा मन्त्री शाहीले भूकम्पबाट क्षति भएको सम्पदाको पुर्ननिर्माणको लागि लाग्ने खर्च योजनासहित एक महिनाभित्र मन्त्रालयमा बुझाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको बताए।

‘पर्यटन सम्पदाहरु तत्काल बनाउनुपर्छ, भूकम्पबाट क्षति भएका सम्पदाहरुको पूर्ननिर्माण धिमा गतिमा भैरहेको छ,’ उनले भने,  ‘मैले सम्बन्धित सबै निकायहरुलाई एक महिनाभित्र कार्ययोजना ल्याउन निर्देशन दिईसकेको छु, उहाँहरुबाट कार्ययोजना आएपछि म सम्पदाहरुको पुर्ननिर्माणको योजना सार्वजनिक गरेर पूर्ननिर्माणको कार्यलाई तिव्रता दिन्छु ।’

 

प्रकाशित: १६ भाद्र २०७३ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App