coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल वित्तीय संस्था संघको २२औं साधारण सभा

काठमाडौं– नेपाल वित्तीय संस्था संघको २२औं वार्षिक साधारण सभा भएको छ । सभामा संघका महासचिव अनिल श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिनेशलाल श्रेष्ठले आव २०७३-७४ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले सबै प्रतिवेदन पारित गरेको छ।

सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अध्यक्षमा पुनः  गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई, द्वितिय उपाध्यक्षमा युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठ, महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ छन् । कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला निर्वाचित भएका छन् ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App