coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुबाकाे माया झल्काउने १३ तस्बिर

काठमाडाैं-आज छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार  दिएर सम्मान आदरभावकासाथ मुख हेर्ने चलन छ।

मातृदेवोभवः,पितृदेवोभवःरगुरुदेवोभवःभन्ने धार्मिक भावनाअनुसार यस दिन छोराछोरीले बाबुलाई  श्रद्धापूर्वक रूचि अनुसारको खानेकुरा खुवाई आशीर्वाद लिने गर्दछन्।यसरीआशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वास गरिन्छ।विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीहरुले समेत समय निकालेर घरमा गई बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ बस्त्र उपहार दिने गर्दछन्।वर्ष दिनभरी विभिन्न कामले व्यस्त भएका सन्तानले यो दिन बाबुसँगै बस्ने गर्दछन्।

बाबु नहुनेले भने काठमाडौं उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट तथा सुनसरीको बराहा क्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी  पितृहरुको नाममा श्राद्ध गरी तर्पण र सिदा दान दिने गर्ने चलन छ।

गोकर्ण तिर्थमा पिण्ड दान गरेमा पितृहरु आई पिण्ड लैजाने तथा एकचित्त भई जलमा हेरेमा स्वर्गबासी पितृको दर्शन पाईने धार्मिक विश्वास रहेको छ।

हेर्नुस् बुबाकाे माया झल्काउने तस्बिरहरू

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App