५ वैशाख २०८१ बुधबार
राजनीति

नेकपाद्वारा दल दर्ताका लागि हस्ताक्षर संकलन

काठमाडौं – नेपाल कम्युनिष्ट(नेकपा)ले निर्वाचन आयोगका दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर र नागरिकता संकलन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह अनौपचारिक बैठकमा आयोजना गरेर हस्ताक्षर र नागरिकताका संकलग्न गरिएको थियो। बैठकमा उपस्थिति हुन केन्द्रीय सदस्यहरूलाई सक्कल नागरिकतासहित उपस्थित हुन निर्देशन जारी गरिएको थियो। ‘निर्वाचन आयोगका दल दर्ता प्रयोजनका लागि अनौपचारिक बैठक आयोजना गरिएको हो,’ स्थायी कमिटीका सदस्य योगेश भट्टराईले भने, ‘दुवै अध्यक्षहरूले पार्टी सुदृढीकरणका लागि निर्देशन दिनुभएको छ।’

नेकपाको केन्द्रीय कमिटीका ४ सय ४१ सदस्यीय रहेको छ। सात महिना लामो एकता प्रक्रियापछि जेठ ३ गते दुवै दलले एकीकरणको घोषणा गरेका थिए। त्यही दिन दुवै अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीका विघटन गरेर एकीकृत केन्द्रीय कमिटीका घोषणा गरेका थिए।

बैठकलाई भने अध्यक्षद्वयले सम्बोधन गरेका थिए। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनमा महिला र पुरुषका संख्या बराबरी बनाउने पक्षमा रहेको बताएका थिए। ‘महिला र पुरुष बराबरीकै लागि कम्युनिष्ट पार्टी सुरु भएको हो हामी त्यो बराबरी हुनुपर्छ भन्ने पक्षमा रहेका छौं,’ ओलीले भने। तर नेकपाको केन्द्रमा संविधानको भावनाअनुसार एक तिहाइ पनि महिलाको संख्या पुग्न सकेको छैन। नौ सदस्यीय सचिवालयमा एक जना पनि महिला रहेका छैनन् भने केन्द्रीय कमिटीमा पनि १६ प्रतिशत मात्रै छ। जसको विभिन्न पक्षबाट आलोचना हुँदैआएको छ।

बैठकमा अध्यक्ष ओलीले सरकार रहेकालाई बिग्रन छुट नभएको बताएका थिए। ‘तीनै तह स्थानीयदेखि संघसम्म रहेका छौं। एकातिर मात्रै हामी बिग्रदैनौं, तीनै तहमा बिग्रन्छौं,’ ओलीले भने, ‘जेलमा बस्दा भ्रष्टाचार ग-यो वा गरेन भन्नुको अर्थ छैन। राज्यका ढुकुटी सञ्चालन गर्दा ग-याैँ की गरेनाैँ भन्ने विषयमा प्रमुख हो।’

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले विवादका विषयमा बाहिर धेरै नबोल्न केन्द्रीय सदस्यलाई सुझाव दिएका थिए। ‘सानोसानो कुराले पनि विगार्छ त्यसैले बाहिर बोल्दा ध्यान दिनुहोला,’ उनले भने।

प्रकाशित: ११ जेष्ठ २०७५ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App