८ वैशाख २०८१ शनिबार
अन्य

सरकारी स्कुलको जग्गा सस्तो भाडा दरमा

ललितपुर पुल्चोकस्थित मदन स्मारक स्कुलको जग्गा ठेकेदार कम्पनीलाई निकै सस्तो दरमा भाडामा दिएको भेटिएको छ । ललितपुर महानगरपालिकाका अधिकारीका अनुसार पुल्चोकको उक्त जग्गाको चलनचल्तीको वार्षिक भाडा मूल्य प्रतिरोपनी तीन करोड रुपैयाँभन्दा बढी छ । आर्थिक वर्ष ०७३÷७४ मा घर–जग्गाकर प्रयोजनको सरकारी मूल्यांकनअनुसार चक्रपथबाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको वार्षिक भाडादर प्रतिरोपनी ३२ लाख २५ हजार रुपैयाँ छ।

त्यस्तै, सहायक सडकभित्रको सरकारी जग्गाको वार्षिक भाडादर प्रतिआना १० हजार कायम छ । तर, विद्यालय व्यवस्थापन सञ्चालन समितिले मदन स्मारक विद्यालयको नाममा रहेको १० रोपनी १ आना जग्गाको प्रतिआना वार्षिक भाडा मूल्य तीन हजार पाँच सय रुपैयाँका दरले ठेकेदार कम्पनीलाई दिएको छ, जुन सरकारी भाडादर भन्दा अत्यन्तै कम हो ।तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलमणि दीक्षितको पालामा प्रतिआनालाई मासिक पाँच हजार रुपैयाँमा भाडामा दिने भएपछि टेन्डर आह्वान गरिएको थियो । टेन्डरअनुसार विद्यायलको १० रोपनी एक आना जग्गा भ्याली निर्माण कम्पनीलाई ४० वर्षका लागि भाडामा दिने निर्णय भएको थियो।

२०६९ असार २० को व्यवस्थापन समिति बैठकले त्यो भाडा दर घटाएर तीन हजार पाँच सय बनाएको थियो । हालसम्म पनि यही भाडादर कायम छ ।  २०६८ मा नयाँ विद्यालय व्यवस्थापन समिति आयो । उक्त समितिका अध्यक्ष राजकाजी महर्जनले ठेकेदार कम्पनी परिवर्तन गरेका थिए । क्लासिक डेभलोपर्स प्रालिलाई २०५८ माघ १७ गते उक्त जग्गा भाडामा दिएका थिए । कम्पनीमा उनले आफ्नो पक्षमा व्यवसायी हायर गरेका थिए । ‘मेरो पालामा मैले व्यवस्थापन गरेकै थिएँ, भाडा पनि राम्रै उठेको थियो,’ उनले भने, ‘अहिले के भएको छ, मलाई थाहा छैन ।’ उनले तत्कालीन समयमा व्यवसायीले ठूलो लगानी गर्ने भएपछि भाडादर कम राखिएको जानकारी दिए।

सरकारी स्कुलको जग्गा सस्तो भाडा दरमाआर्थिक वर्ष ०७३-७४ मा घर–जग्गाकर प्रयोजनको सरकारी मूल्यांकनअनुसार चक्रपथबाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको वार्षिक भाडादर प्रतिरोपनी ३२ लाख २५ हजार रुपैयाँ छ । त्यस्तै, सहायक सडकभित्रको सरकारी जग्गाको वार्षिक भाडादर प्रतिआना १० हजार रुपैयाँ कायम छ । तर, विद्यालय व्यवस्थापन सञ्चालन समितिले मदन स्मारक विद्यालयको नाममा रहेको १० रोपनी १ आना जग्गाको प्रतिआना वार्षिक भाडा मूल्य तीन हजार पाँच सय रुपैयाँका दरले ठेकेदार कम्पनीलाई दिएको छ ।

ललितपुर महानगरपालिका राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले सरकारी दरमा एउटा सटरको वाार्षिक भाडा दर २० हजार रुपैयाँ लाग्ने बताए । उनले महानगरले तीन आनाबराबर मासिक तीन हजार बहालकर लिँदै आएको जानकारी दिए । ‘मदन स्मारकको जग्गा हामीले तोकेभन्दा निकै सस्तो दरमा भाडामा लगाइएको छ,’ उनले भने, ‘यसमा महानगरको हात मात्रै हुँदैन, विद्यालय व्यवस्थापन समितिको निर्णय पनि हुन्छ, तर अनिवार्य रूपमा बहालकर तिर्नुपर्छ ।’ उनले सरकारी भाडादर अनुसार भाडा नदिँदा जग्गाबाट मासिक १० लाख ४६ हजार घाटा भएको बताए ।
विद्यालयको जम्मा जग्गा २६ रोपनी हो । त्यसमध्ये समितिले साढे दुई रोपनी ललितमण्डप ट्राभल्स एन्ड टुर्सलाई भाडामा दिइएको छ । उक्त कम्पनीलाई दिइएको भाडादर पनि एउटै छ । २०६४ चैत १७ गते व्यवस्थापन समितिले भाडामा लगाएको थियो ।

निर्माण सम्पन्न भएको दुई वर्षपछि प्रतिरोपनी ६.६५ प्रतिशतले वृद्धि हुने गरी निर्माण कम्पनीसँग सम्झौता पनि भएको थियो । उक्त सम्झौता अहिले कतै पालना भएको पाइँदैन । व्यवस्थापन समितिले आफूअनुकूल सरकारी जग्गा भाडामा लगाउँदै आएका छन् । विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले धेरै तिरबाट विरोध भएपछि अहिले उक्त जग्गाका भाडादर महँगो गराउने निर्णय भएको जानकारी दिए । ‘आउँदो साउनबाट ३५ सय कायम रहेको जग्गाको भाउ बढाएर सात हजार पु¥याउने निर्णय भएको छ,’ उनले भने, ‘अहिले विद्यालयको व्यवस्थापन समितिमा आउनुभएका पृथ्वीबहादुर शाहीले यो विषयलाई गम्भीर रूपमा लिनुभएको छ।’
 

प्रकाशित: ११ जेष्ठ २०७५ ००:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App