८ वैशाख २०८१ शनिबार
राजनीति

जनताले संसद्मा प्रस्ताव पेश गर्न पाउने

रुकुम (पुर्व)– प्रदेश नं. ५ को संसद्मा जनताले पनि सार्वजनिक महत्वका विषयमा प्रस्तावहरु पेश गर्न पाउने भएका छन्। यसका लागि कम्तिमा सय सर्वसाधारणहरुको हस्ताक्षर र तीन सांसद्ले समर्थन गर्नु पर्ने प्रदेश नं. ५ का सभामुख पुर्णबहादुर घर्तीले जानकारी दिए।

यस भन्दा अघि संसद् बैठकमा सरकार र सांसद्ले मात्र प्रस्ताव पेश गर्न पाउने भएपनि अब भने सर्वसाधारणले पनि संसद्मा प्रस्ताव पेश गर्न सकिने प्रावधान ल्याएको उनले जनाए। यसले गर्दा जनताका कुरापनि संसद्मा जस्ताको त्यस्तै प्रवेश हुने उनको भनाई छ। यसका लागि प्रदेश सभाले नियमावली निर्माण गरी सकेको छ। बिहीबार प्रदेश नं. ५ का हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा ‘जनताका आवाज प्रदेशसभामा उठाउने प्रक्रियाको’ बारे जानकारी गराउने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले यस्तो बताए। 

‘सार्वजनिक महत्वका विषयहरु जनताले संसद्मा जानकारी गराउँछन्’ सभामुख घर्तीले भने, ‘जनता संसद्मा जान पाउँदैनन्, उनको विषय संसद्मा प्रवेश गर्छ।’ संसद्मा जनताको प्रस्तावमा समर्थन गर्ने सांसद्हरुले पनि आवश्यक कुराहरु राख्छन्। यसले सरकारको नीति नियम र कार्यक्रमलाई सघाउन पुग्ने उनको भनाई छ। उक्त विषयको छलफलमा विधान समिति र विषयगत समितिहरुलाई पनि सहभागि बनाउने सभामुख घर्तीको भनाई छ।

सर्वसाधारणले पनि संसद्मा महत्वका विषयमा प्रस्ताव पेश गर्न पाउने हुँदा खुशी भएका छन्। ‘सार्वजनिक महत्वका विषयहरु सांसद्हरुले संसद्मा नउठाउँदा त्यस्ता विषयहरु झोलमा परेका थिए’ रुकुम पुर्वका बुद्धिजिवी बलबहादुर शाहीले भने, ‘अब त्यस्ता कुराहरु जोडतोडका साथ उठ्ने छन्।’ ‘यसले गर्दा जनताका कुरा संसद्मा प्रवेश पाउने छन्’ उनले भने।

सांसद्हरुले राजनीतिक आस्थाका कारण केहि मुद्दाहरु ओझेल पार्ने गरेको भन्दै यहाँका पुर्णजंग शाहीले भने अब त्यस्तो अवस्थाको अन्त्य हुने बताए। यो महत्वपुर्ण विषयलाई कार्यान्वय ल्याउनु पर्ने स्थानीयहरुको भनाई छ।

प्रकाशित: १० जेष्ठ २०७५ १५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App