८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्प र किमको भेट रद्द

वाशिंटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ता रद्द गरेका छन्। वर्तमान समयमा बैठक गर्न उचित नहुने भन्दै ट्रम्पले विहीबार साँझ किमसँगको भेट रद्द हुन्। 

किमलाई पठाएको पत्रमा ट्रम्पले आफू कुनै दिन भेट्नका लागि उत्सुक रहेको पनि उल्लेख गरेका छन्। उत्तर कोरियाको असन्तुष्टि र भड्काउ टिप्पणीपछि आफूले यो निर्णय लिएको ट्रम्पले स्पष्ट पारेका छन्।

दक्षिण कोरिया र अमेरिकाबीच जारी संयुक्त सैन्य अभ्यासमा असन्तुष्टि जनाउँदै उत्तर कोरियाले यो नरोकिएसम्म दक्षिणका अधिकारीसँग वार्ता नगर्ने र ट्रम्पसँगको वार्ता पनि प्रभावित हुनसक्ने चेतावनी दिएको थियो।

ट्रम्प र किमबीच जुन १२ मा सिंगापुरमा भेट्ने कार्यक्रम तय भएको थियो। 

प्रकाशित: १० जेष्ठ २०७५ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App