७ वैशाख २०८१ शुक्रबार
खेल

कर्णाली प्रिमियर लिग : सेमीफाइनल समीकरण पूरा

भेरीगंगाविरुद्ध ब्याटिङ गर्दै त्रिभूवन आर्मीका खेलाडी ।

सुर्खेत– रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत लिग चरणका सबै खेलहरु सम्पन्न भएका छन्। समूह ‘ए’ को बिजेताको रुपमा रुपन्देही–११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लव तथा समूह ‘बि’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्यपश्चिम क्रिकेट क्लव सेमीफाइनल प्रवेश गरेका छन्। शुक्रबार पहिलो सेमीफाइनलमा रुपन्देही–११ र मध्यपश्चिम क्रिकेट क्लव तथा दोश्रो सेमीफाइनलमा त्रिभूवन आर्मी क्लव र धनगढी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने छ। 

बिहीबार भएका अन्तिम दुई खेलमा त्रिभूवन आर्मी क्लव र एबिसी स्पोर्ट्स क्लव बिजयी भए। पहिलो खेलमा त्रिभूवनले भेरीगंगा क्रिकेट क्लवलाई ८ विकेटले पराजित ग¥यो। टस जितेर ब्याटिङ गरेको भेरीगंगाले निर्धारित १२ ओभरमा चार विकेट गुमाएर ६३ रन बनाउन सक्यो। भेरीगंगाका तिलक थापाले सर्वाधिक २०, सौगात कार्कीले १८ तथा पदम कडेलले १३ रनको योगदान दिए। त्रिभूवन आर्मीका जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान एक–एक विकेट हात पारे।

६४ रनको लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो। आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ रन तथा राजु रिजाल र भिम सार्कीले समान १२ रन बनाए। भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए।

दोश्रो खेलमा एबिसी स्पोर्ट्स क्लवले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई १९ रनले पराजित ग¥यो। टस जितेर ब्याटिङ रोजेको एबिसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। एबिसीका लागि दिनेश पुनले सर्वाधिक ६९ रन बनाए। ४५ बलम खेलेका उनले ११ चौका र १ छक्का प्रहार गरे। यस्तै टेक सलामीले २७ बलमा ४ चौका र ३ छक्का मदतले ३९ रन बनाए। काठमाडौंका प्रितम थापा र भोजराज भट्टले समान २–२ विकेट लिए। 

१६५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सात विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सक्यो। काठमाडौंका लागि विश्वास श्रेष्ठले सर्वाधिक ४३, दुर्गेश थापाले २३ तथा रोशन शर्माले २० रन योगदान दिए। एबिसीका बलर महेश खत्रीले सर्वाधिक ३ विकेट हात पारे भने दिनेश अधिकारी, युनिशबिक्रम सिंह, बिनित खत्री र रबिन्द्रजंग शाहीले समान १–१ विकेट लिए। 

जेठ ३ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार खेलिनेछ। प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १० जेष्ठ २०७५ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App