coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्गममा चार्टर उडान बन्द, नयाँ हवाइ भाडादर तोकियो

डाेल्पाकाे जुफाल विमानस्थलमा एक विमान । (फाइल तस्बिर)

बाँके– नेपाल सरकारले चार्टर उडान बन्द गर्दै दुर्गम क्षेत्रको नयाँ हवाइ भाडादर तोकेको छ। मन्त्रीस्तरको निर्णयले बिहीबारदेखि दुर्गम तथा कर्णाली क्षेत्रमा संचालन हुने चार्टर उडान खारेजी गरेको नेपालगन्जस्थित नागरिक उडडयन प्राधिकरणले बताएको छ। 

गत बैशाख २६ गते दुर्गम क्षेत्रमा हुने गरेको हवाई भाडादर पुनरावलोकन गर्दै चार्टर उडान खारेज गर्ने निर्णय भएको थियो। नेपाल नागरिक उडडयन प्राधिकिरणले दुर्गम क्षेत्रको हवाई भाडादर पुनराबलोकन गर्न सरकारलाई सिफारिस गरेको थियो। 

नियमित उडानको भाडादर वृद्धि गरेर चार्टर उडान बन्द गर्न बायुसेवा कम्पनी सहमत भएपछि एउटै भाडादर कायम गरिएको हो। 

मध्य र सुदूरपश्चिम क्षेत्रको दुर्गम जिल्लामा यसअघि २० प्रतिशत सहुलियत र ८० प्रतिशत चार्टर उडान हुने गरेको थियो। जसले सर्वसाधरणलाई सहुलियत टिकट पाउन कठिन हुने गरेको थियो। 

चार्टर उडान खारेजीसंगै समान भाडादर पुनरावलोकन गर्दै सबै उडान सहुलियत गर्ने नेपालगन्जस्थित नागरिक उडडयन प्राधिकरणले बतायो। 

नयाँ निर्णय अनुसार नेपालगन्ज विमानस्थलबाट कर्णालीका ५ जिल्ला र बाजुरामा हुने उडान सहुलियत गरिएको छ। 

नेपालगन्ज नागरिक उडडयन प्राधिकरण अनुसार नेपालगन्जदेखि सिमिकोटको ७ हजार १ सय ९० रुपैयाँ, नेपालगन्जदेखि डोल्पा ५ हजार ३ सय १०, नेपालगन्जदेखि मुगु ५ हजार ८ सय ४०, नेपालगन्जदेखि जुम्ला ५ हजार ४ सय ४०, नेपालगन्जदेखि बाजुरा ५ हजार ४ सय ४० रुपैयाँ भाडादर तोकिएको छ। 

नयाँ भाडादर मध्य तथा सुदूरपश्चिमको दुर्गम क्षेत्रमा हुँदै आएको सहुलियत उडानको ३५ प्रतिशत बृद्धि र चार्टर उडान भन्दा ३२ प्रतिशत कम हो।

नियमित सहुलियत उडान नहुँदा हवाई यातायातमा निर्भर रहेका हुम्ला, डोल्पा लगायतका जिल्लाका जनताले दुःख भोग्दै आएका थिए। अब भने सहुलियत हुने विश्वास गरिएको छ।

प्रकाशित: १० जेष्ठ २०७५ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App