coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्राहक योजनाका विजेतालाई स्कुटर

काठमाडौं– नेपाल रिपब्लिक मिडियाको प्रकाशन नागरिक दैनिकले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार शीर्षकको ग्राहक योजनामा श्री आर्यान वाईन सप, मुलपानी विजेता बनेको छ । यो योजना अन्तर्गत अन्तिम महिनाको मासिक विजेता बनेको  आर्यान वाईन सपले अप्रिला स्कुटर प्राप्त गरेको छ।

विजेतालाई बिहीवार नेपाल रिपब्लिक मिडिया प्रालि निर्देशक शोभा ज्ञवालीले स्कुटर हस्तान्तरण गरिन् । मिडियाले यसअघि लक्की ड्र मार्फत बिजेताको घोषणा गरेको थियो।

उक्त योजनामा सहभागी हुने सबै ग्राहकहरुको लागि हात खालि नजाने विभिन्न उपहार तथा नगद छुटको व्यवस्था गरेको थियो।

सहभागी ग्राहकहरु मध्येबाट दैनिक लक्की ड्र, पाक्षीक लक्की ड्र मार्फत समेत बिभिन्न उपहारको ब्यवस्था गरिएको थियो ।
मिडियाका अनुसार सातवटै प्रदेशलाई लक्ष्य गरी देशैभर एकैपटक संचालन भएको यो योजनामा हजारौं पाठकहरु सहभागी भएका थिए।

प्रकाशित: १० जेष्ठ २०७५ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App