७ वैशाख २०८१ शुक्रबार
अर्थ

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

काठमाडौँ – बुद्ध एयरले जेठ १८ गतेबाट दैनिक विराटनगर – काठमाडौँ बिहानी उडान गर्न लागेको छ। विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ। जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछ।

यसैगरी काठमाडौंबाट साँझ ६ बजे विराटनगरको उडान पनि थपिएको छ। सो जहाज बेलुका विराटनगरमै बस्ने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ। विराटनगरमा रात्रि विश्रामले आर्थिक हिसाबले कम्पनीलाई थप व्ययभार पर्ने निश्चित छ। यसो गर्दा यात्रुहरुलाई समयमा नै गन्तव्यमा पुग्न सजिलो हुने कम्पनीले विश्वास लिएको छ। 

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौं त्रिभुवन विमानस्थलमा अत्याधिक उडानहरूको चापले गर्दा प्रायः विभिन्न घरेलु उडानहरू विलम्व हुने गरेको छ । साँझ ६ बजेको उडान थपिनुको मुख्य कारण पनि यही नै हो।

यस उडानबाट कामकाजीहरुलाई एक दिनमै काठमाडौँमा आफ्नो काम सकेर बेलुका विराटनगर फर्किन सहज हुने कम्पनीको विश्वास छ।

प्रकाशित: १० जेष्ठ २०७५ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App