coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कालीगण्डकीमा बगेर दुई युवा बेपत्ता

पाल्पा– कालीगण्डकी नदीमा बगेर दुई युवा बेपत्ता भएका छन् । बगनाशकाली  गाउँपालिका–६, यम्घा स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा दुई युवा बेपत्ता भएका हुन्। 

पुजा सकेर नुहाउने क्रममा ३२ वर्षीय गोविन्द परियार र २४ वर्षीय चन्द्रबहादुर परियार नदीमा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

दिउँसो साढे दुई बजे पुजा सकेर घर फर्कने तयारीमा रहेका उनीहरु पौडी खेल्ने क्रममै बेपत्ता भएको बताइएको छ । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: १० जेष्ठ २०७५ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App